नेयमार विश्वकपका लागि तयार हुँदै - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

नेयमार विश्वकपका लागि तयार हुँदै



रियो डि जेनेरो (एजेन्सी) – ब्राजिलियन स्टार नेयमारले विश्व कपका लागि खुट्टाको चोट ठिक हुँदै गरेको बताएका छन्। ब्राजिलियन टेलिभिजन कार्यक्रम ‘अल्टास होरास’ मा अन्तरवार्ता दिने क्रममा नेयमारले अहिले खुट्टामा दुखाई नहुने जानकारी दिएका छन्।

नेयमारको दाँया खुट्टाको औंला भाचिएको कारण शल्यक्रिया गर्नु परेको थियो। उनी उक्त कार्यक्रममा बैसाखीको सहयोग लिएर पुगेका थिए।

नेयमारले भने, “अब पूर्ण रुपले ठिक भएर मैदानमा फर्कन १ महिना लाग्नेछ। सबै योजना अनुरुप हुँदै छ ।”

विश्व कपलाई लक्षित गर्दै नेयमार जिममा ‘वर्क आउट’ गर्न थालेका छन्। रुस विश्व कप जुन १४ बाट सुरु हुँदै छ। ब्राजिलले पहिलो खेल स्विट्जरल्यान्डसँग जुन १७ मा खेल्नेछ।