पेस्तोलसहित दुई पक्राउ - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

पेस्तोलसहित दुई पक्राउ



नेपालगञ्ज – प्रहरीले कटुवा पेस्तोल र तीन राउण्ड गोलीसहित बाँकेबाट दुई जना पक्राउ गरेको छ ।

संघीय प्रहरी इकाई कार्यालयबाट खटिएको विशेष टोलीले प्रमोदकुमार चमार र शोभाराम यादवलाई पक्राउ गरेको हो ।

जानकी गाउँपालिका–६ बाट कटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउण्ड गोली सहित प्रमोदलाई पक्रेको सोमबार पत्रकार सम्मेलन गरेर प्रहरीले जानकारी दिएको छ । उनलाई हतियार बेच्ने शोभाराम यादवलाई पनि प्रहरीले पक्रेको हो । संघीय प्रहरी इकाई नेपालगञ्जका डिएसपी प्रमोदकुमार सिंहका अनुसार, चमारले यादवबाट पेस्तोल खरिद गरेको बयान दिएका छन् ।

सीमावर्ती जिल्ला भएकाले बाँकेमा सहजै हतियार भित्रिने र त्यसलाई सस्तोमा बेच्ने गरेको पाइएको छ । २० हजार रुपैयाँमा कटुवा पेस्तोल खरिद हुने गरेको पाइएको छ ।