एकता हुन्छ, फिफ्टी फिफ्टी र जनयुद्ध सहित: खनाल - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

एकता हुन्छ, फिफ्टी फिफ्टी र जनयुद्ध सहित: खनाल



विराटनगर । नेकपा एमालेका नेता झलनाथ खनालले एमाले–माओवादी एकता प्रतिशतका आधारमा नभई समानताको आधारमा हुने भन्दै एकतालाई कसैले रोक्न नस्कने दाबी गरेका छन ।

शनिबार विराटनगर विमानस्थालमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै नेता खनालले समानताको आधारमा पार्टी एकता हुने कुरामा एमाले–माओवादीबीच सहमति भइसकेको बताए । जनयुद्ध शब्द राख्नु पर्ने माओवादी अडानबारे पत्रकारको प्रश्नमा माओवादीले १० वर्ष जनयुद्ध गरेकै हो भन्दै यसमा के भन्न नपर्ने बताए । उनले पार्टी एकतामा कुनै विवाद नभएको दाबी गरे ।

‘उहाँहरुले १० वर्ष जनयुद्ध गरेकै हो, यसमा के भन्न पर्छ र ।’नेता खनालले भने, ‘९ वैशाख मा होस या १८ मा, अब पार्टी एकीकरण हुन्छ, हुन्छ । दुई पार्टीको एकतालाई यो धर्तीको कुनैपनि तागतले रोक्न सक्दैन ।’

पार्टी एकीकरणका लागि राजनीतिक प्रतिवेदन र संगठनसम्वन्धी अन्तिरिम विधान तयार भइसकेको नेता खनालले दुई दलको वैठक वसेर एकता प्रक्रिया टुङ्ग्याउन सकिने बताए ।