आर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढौं : प्रचण्ड - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

आर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढौं : प्रचण्ड



माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थिरता, सुशासन र समृद्धिको अभियानमा दृढतापूर्णक सहभागी हुन सम्पूर्ण नेपालीहरुलाई आग्रह गरेका छन् ।

नयाँ वर्ष २०७५ को अवसरमा देशबासीलाई शुभकामना दिँदै प्रचण्डले समाजवाद उन्मुख संघीय संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माणको दिशामा अघि बढ्नु अहिलेको कार्यभार भएको बताए ।

‘२०७४ सालले हामीलाई दिएको स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढ्न म सबै नेपालीहरुमा विशेष अपिल गर्दछु’, शुभकामना सन्देशमा भनिएको छ, ‘समाजवादउन्मुख संघीय संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माणको दिशामा अघि बढ्नु अहिलेको हाम्रो कार्यभार हो ।’

नयाँ संविधान कार्यान्वयनका दृष्टिले २०७४ साल नेपाली इतिहासमा अविस्मरणीय रहेको उल्लेख गर्दै प्रचण्डले राजनीतिक संक्रमणको अन्त्य गरी स्थिरता, विकास र समृद्धि हासिल गर्न ०७४ सालले आधार र उर्जा प्रदान गरेको बताएका छन् ।