डोल्पा पुगेर ओलीले भने :सडक सञ्जालमा जोड्न २० करोड बजेट छुट्याउछौँ - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

डोल्पा पुगेर ओलीले भने :सडक सञ्जालमा जोड्न २० करोड बजेट छुट्याउछौँ



प्रधानमन्त्री केपी ओलीले प्राकृतिक साँस्कृतिक र जैविक विविधताले भरिएको डोल्पा असाधारण महत्वको जिल्ला भएको बताएका छन् । उनले डोल्पाको बिकासको लागि पहिला राष्ट्रिय सडक सञ्जालमा जोडिनु पर्ने ठहर गरे । उनले डोल्पालाई चालु आव भित्रै सडक सञ्जालमा छिटो भन्दा छिटो जोड्नको लागि २० करोड रुपैयाँ बजेट छुट्याउने अाश्वासन दिएका छन् ।

प्रधानमन्त्री ओली ०७५ बैशाख १ गतेबाट सुरु हुने कर्णाली रारा पर्यटन वर्षको उद्घाटनका लागि मुगु जानेक्रममा डोल्पा आइपुगेका हुन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिमा पर्ने श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा दर्शन तथा पूजाअर्चना पनि गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छापिएको छ ।

डोल्पा महत्वपूर्ण जडिबुटि यार्सागुम्बा पाँच औलेलगायतका बहुमूल्य जडिबुटीको भण्डारसमेत भएकाले स्वदेशमै यसको स्थाई उत्पादन तथा प्रशोधन र खेती गर्न सके डोल्पाले अझ आर्थिक फाइदा लिन सक्ने बताए । हावापानी सुहाउँदो बेमौसमी तरकारी खेती, स्याउ, ओखर, अंगुरलगायतको बहुआयमिक फाइदाजनक खेतीबाट यहाँको जीवनस्तर माथि उठाउन सकिने प्रधानमन्त्री ओलीले बताए ।

त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको स्वागत कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेल पर्यटन मन्त्री रबिन्द्र अधिकारी शिक्षा मन्त्री गिरिराजमणि पोखरेल पूर्वसभामुख सुवास नेम्वाङ पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकर लगायतको उपस्थिति थियो ।