एमाले संग डरायो फोरम
नागरिक /काठमाडौं। सरकारमा सामेल हुने औपचारिक निर्णय गरिसकेको संघीय समाजवादप् फोरम नेपाल सत्ताको प्रमुख घटक एमालेको कार्याशीलीबाट सशंकित भएको छ ।
एमालेका कारण सरकारमा सहभागी हुन ढिलाई भएका फोरमका नेताहरुले जनाएका छन् ।
संविधान संशोधनका लागि लिखित सहमति गर्न सरकारले आलटाल गरेको भन्दै फोरमका नेताहरुले एमालेप्रति असन्तुष्टी जनाएका हुन् ।
संविधान संशोधनमा सरकारको लिखित प्रतिवद्धता नआएसम्म पार्टी सरकारमा नजाने फोरमका नेताहरुले प्रस्ट पारेका छन् ।
एमालेकै कारण पार्टी सरकारमा जान अड्किएको उनीहरुको भनाई छ ।