माअाेवादी-का‌ंग्रेस गठबन्धन हुन सक्छ:कोइराला - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

माअाेवादी-का‌ंग्रेस गठबन्धन हुन सक्छ:कोइराला



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेताहरुको गुट उपगुटले पार्टीलाई कमजोर बनाएको बताउनुभएको छ ।

नेपाल तरुण दल केन्द्रीय समितिले बिहीबार वीरगन्जमा आयोजना गरेको दुईदिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले ठूला नेताहरुले आ–आफनो गुट उपगुट बनाएकै कारण तीनै तहको निर्वाचनमा पार्टीले हार व्यहाेर्नु परेको बताउनुभयो ।

महामन्त्री डा. कोइरालाले कांग्रेसले जनताका पक्षमा गरिएको राम्रा कामबारे जनतालाई बताउन नसकेको र पार्टीभित्रको विवादले नै निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेकाले चार वर्षपछि हुने निर्वाचनकालागि अहिलेदेखि नै तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले जातीय, धार्मिक, सांस्कृतिक, भौगोलिक विविधता रहेको नेपालमा सबैलाई मिलाएर हिँड्ने दक्षता वामपन्थीमा नरहेकाले वामपन्थीको सरकार लामो समय नटिक्ने दावी गर्नुभयो । फेरी माअाेवादी-का‌ंग्रेस गठबन्धन बन्न सक्ने उहाँले बताउनुभयाे ।