अर्घाखाँचीमा नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको रौनक सुरु ! - Himal Post Himal Post
  • १७ फाल्गुन २०८१, शनिबार
  •      Sat Mar 1 2025
Logo

अर्घाखाँचीमा नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको रौनक सुरु !



अर्घाखाँची ।राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने पहिलो कडीको रूपमा स्कुल स्तरबाटै खेल प्रतिभा पहिचान गर्ने प्रतियोगिताको रूपमा लिइने राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको नवौँ संस्करण बुधवारदेखि सन्धिखर्कमा सुरु भएको छ । खेलको पूर्व उपप्रधानमन्त्री तथा  जिल्लाका प्रतिनिधि सभा सांसद टोपबहादुर रायमाझीले ओलम्पिक ज्वाला प्रज्वलन गरेर  उद्घाटन गरे ।

प्रतियोगितामा जिल्लाका राष्ट्रिय धावक रोहित अधिकारीले दौड मार्फत ओलम्पिक ज्वाला परिक्रमा गराएका थिए । खेलको उद्घाटन गर्दै रायमाझीले खेल हरेक पक्षका लागि महत्त्वपूर्ण रहेको बताए । ‘खेलकुदले मनोरञ्जनसँगै शरीरलाई स्वस्थ राख्न पनि निकै ठुलो टेवा पु¥याइरहेको हुन्छ’ उनले भने, ‘अनुशासन, मित्रता र बैमनस्यताको अन्त्य गर्नमा पनि यसले भूमिका खेलेको देखिन्छ ।’ रायमाझीले खेलकुद विना विकास र समृद्धि अधुरो रहने भन्दै खेल क्षेत्रको विकासमा राज्यले विशेष ध्यान पु¥याउन जरुरी रहेको औँल्याए । खेलाडीहरूले देशलाई विश्वमा चिनाउन निकै मेहनत गरेर खेलिरहेका छन्’ उनले थपे, ‘खेलाडीहरूका लागि चाहिने आवश्यक पूर्वाधार निर्माणमा ध्यान पुग्नु जरुरी छ ।’

प्रदेश सभा क्षेत्र नं. १ का सांसद चेतनारायण आचार्यले जिल्लामा खेलकुद क्षेत्रले छोटो समयमै फड्को मारेको बताए । ‘यहाँका केही खेलाडी राष्ट्रिय÷अन्र्तराष्ट्रिय  स्तरका प्रतियोगितामा भाग लिएर विजयी हासिल गर्नुलाई ठुलो सफलताको रूपमा लिनु पर्छ’ उनले भने, ‘खेलाडीहरूको क्षमता विकासका लागि आवश्यक सबै कार्यका लागि हामी जनप्रतिनिधिबाट कुनै कमी हुनुहुँदैन ।’ उनले जिल्लाका प्रत्येक स्थानीय तहमा सुविधा सम्पन्न खेल मैदान निर्माणका लागि आपूmले पहल गर्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख पीताम्बर शर्मा भुसालले स्थानीय स्तरमा हुने प्रतियोगिताकै माध्यमबाट खेलाडीहरू राष्ट्रिय स्तर सम्म पुग्ने भएको हुँदा बेला मौकामा प्रतियोगिताहरू आयोजना गर्नुपर्ने बताए । ‘स्थानीय सत्मा हुने खेलबाट खेलाडीहरूले प्रतिभा प्रस्फुटन हुने हो’ उनले भने, ‘शिक्षक अभिभावकहरूले खेलाडीहरूको  खेल खेल्ने इच्छालाई कुंठित गर्नु हुँदैन ।’ जिल्लाका सबै स्थानीय तहहरुको प्रतिनिधित्व गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले स्थानीय तहले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजन गर्न तयार रहेको बताए । ‘सन्धिखर्क नगरपालिका खेलकुद क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्न तयार छ’ उनले भने, ‘सबै स्थानीय दहहरूले खेल क्षेत्रको विकासमा ध्यान पु¥याउन आवश्यक छ ।’ प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले खेल क्षेत्रको विकासले राष्ट्र निर्माणमा ठुलो टेवा पु¥याउने  बताए । ‘खेल क्षेत्रमा अघि रहेको देशहरू विकास र समृद्धिमा पनि अब्बल नै देखिएका छन्’ उनले भने, ‘कुनै पनि राष्ट्रको विकासका लागि खेल क्षेत्रको विकास पनि अत्यावश्यक मानिन्छ ।’

सबै राजनीतिक दलको तर्फबाट बोल्दै एमाले जिल्ला सचिव रामबहादुर चौहानले  अनुशासन पूर्वक खेल खेल्न  खेलाडीहरूलाई सुझाव दिए । ‘बल जफ्तीमा जितेको जित भन्दा अनुशासन पूर्वक खेलेको खेलको हारको वास्तविक जित हुन्छ ’ उनले भने, ‘खेलाडीको मुख्य परिचय भनेकै अनुशासन हो ।’ खेलमा जिल्ला भरका ६० माविका ९ सय ८४ जना खेलाडी सहभागी भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धि प्रसाद भुसालले जानकारी दिए ।  उनले १८ वर्ष भन्दा माथिका खेलाडीहरू खेलमा सहभागी बन्न नपाउने बताए । प्रगियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले गीत तथा नृत्य समेत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष हिमबहादुर जिसी लेकाली, उद्योग वाणिज्य सङ्घका  अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, खेलकुद विकास समितिका सदस्य नरेन्द्र बस्नेत, गौरीशंकर वोर्डिङ्गका शिक्षक शिव बेल्वासे लगायतले मन्तव्य राखेका थिए ।