साँस्कृतिक कार्यक्रम गरी दिल्लीमा हातेमालोले गर्यो नयाँ वर्षको स्वागत - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

साँस्कृतिक कार्यक्रम गरी दिल्लीमा हातेमालोले गर्यो नयाँ वर्षको स्वागत



नयाँ दिल्ली 

भारतको राजधानी दिल्लीको लक्ष्मीनगरमा सिए अध्ययनरत विद्यार्थीहरूको सङ्गठन हातेमालो नेपाली स्टुडेन्ट्स ग्रुपले नयाँ वर्ष २०७५  को स्वागत गरेका छन् ।

राजधानी दिल्लीको आईटीओमा नेपाली नयाँ वर्षको आगमनमा भव्य सांस्कृतिक कार्यक्रम गरेका हुन । हातेमालो नेपाली स्टुडेन्ट्स ग्रुपकी अध्यक्ष आयुष्मा अर्यालले अध्यक्षता गरेको कार्यक्रममा इन्टरनेशनल युथ कमिटीका अध्यक्ष डाक्टर केके सिंह प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए  ।

त्यसै गरी समारोहमा आई.सी.ए.आईका पूर्व उपाध्यक्ष सिए हंशराज चुक , सिए विनोद कश्यप लगायतका विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए भने  विभिन्न राजनीतिक दलका विद्यार्थी सङ्गठनका प्रतिनिधि र ठुलो सङ्ख्यामा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा साँस्कृतिक नाच, सोलो गीत,साहित्यीक रचनाका साथै विशेष अाकर्षणमा दुईवटा व्याण्ड पर्फमेन्स पनि रहेको थियो।

कार्यक्रमा स्वागत संस्थाका कार्यकारि सदस्य सुनिल यादव गरेका थिए भने कार्यक्रम संचालन  अास्मिन गाैतम र गिरिस्मा सिँह ठकुरिले  संयुक्त रुपमा गरेका थिए ।