कञ्चन गाउँपालिकामा सडक स्तर उन्नतिमा वृद्धि
बुटवल । कञ्चन गाउँपालिकालाई यस वर्ष सडक स्तर उन्नतिको वर्ष भने जस्तै गरी काम अगाडी बढेको छ ।
जस अन्तरगत यसै आ.व.मा कञ्चन गाउँपालिका ५ वटा वडामा गरी ४७३ वटा साना ठुला सडकको स्तर उन्नति तथा ग्राबेल गरिएको छ । भने ५ किलो मिटर सडक कालो पत्रे गरिने कार्य तीव्र गतिमा अघि बढेको छ ।
गाउँपालिका अन्तरगत का विकास निमार्णको कार्यलाई लिएर जनस्तरमा तीव्र गुनासो बढे पछिगाउँपालिकाका अध्यक्षको नेत्तृत्वमा उक्त विकासका कामको अनुगमन गरिएको छ ।
अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष , प्रशाशकिय अधिकृत, सबै वडाका वडा अध्यक्षहरू , सदस्यहरू, राजनीतिक दलका प्रतिनिधि , प्राविधिक , उपभोक्ता समिति , पत्रकारको उपस्थिीति रहेको थियो । यस वर्ष गाउँपालिकामा करिब ८ करोडको लगानीमा सडक स्तरउन्नती र कालोपत्रे गरिएको प्रशाशकिय अधिकृत कृष्ण प्रसाद पन्थी ले बताए ।
यसै आ.व.मा करिब ७५ प्रतिशत सडकको स्तरउन्नतीको काम सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बताए । २ वर्ष भित्रमा गाउँपालिकाका सबै सडकलाई ग्राभिल गरी कालोपत्रे गरिने योजना अघि सारेको क्षेत्रीको भनाई रहेको छ ।
जनस्तर बाट आए जस्तो गुनासो नभएको भन्दै थोरै बजेटमा धेरै काम गर्न खोज्दा कहीँ कतै कमजोरी देखिएको बताउँदै त्यसलाई पुनः काम गरेर सच्चाईएको क्षेत्रीले बताए । गाउँपालिकाको बजेट र स्थानीयको लागतमा सडक निर्माण भएकाले काम सन्तोष जनक भएको गाउँपालिकाका इन्जिनियर मोहन केसीले बताएका छन् । स्थानीयले उपभोक्ता समिति गठन गरी काम गरेकाले प्रत्यक्ष जनता सहभागिता हुँदा काम सन्तोषजनक भएको उनको भनाई रहेको छ ।
कञ्चन गाउँपालिकामा नदी जन्य पदार्थको श्रोत नभएको मुख्य समस्या रहेको बताउँदै उनले बाहिरबाट ल्याउँदा महँगो पर्न गएको बताए ।