ब्यूटिसियन संघमा शुभकामना आदान प्रदान तथा सम्मान सम्पन्न
पूजा पन्थी/बुटवल । नेपाल ब्युटिसियन संघ रुपन्देहीले नयां वर्षको शुभकामना आदान प्रदान गरेको छ ।
बुटवलमा आयोजित कार्यक्रममा नेपाल ब्यूटिसियन संघ रुपन्देहीका अध्यक्ष रेणु कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस जिल्ला सचिव रामकृष्ण खांणले ब्यूटिसियन पेशालाई अझै मर्यादत बनाएर अघि बढ्न सुझाव दिनुभयो ।
शुभकामना आदान प्रदानमा व्यूटिसियन संघको निर्वाचनबाट केन्द्रिय वरिष्ठ उपाध्यक्षमा शान्ति र्शमा, र केन्द्रिय सदस्यमा निर्वा्चित पार्वती श्रेष्ठलाई बधाई दिंदै सम्मान समेत गरिएको थियो ।
सो अवसरमा कांग्रेस महासमिती सदस्य युवराज गिरी, नगर सभापति खेलराज पाण्डे, मजदुर नेता काजीमान श्रेष्ठ, कांग्रेस महासमिती सदस्य गंगाा शाही, तरुण दलका चिरन्जीवी जोशी, लगायतले शुभकामना दिनुभएको थियो ।