प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाल
काठमाडौं । प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनालको नाम सिफारिस भएको छ ।
बालुवाटारमा बसेको बढुवासिफारिस समितिको बैठकले प्रहरीको नयाँ आईजीपीमा खनालको नाममा सहमति जुटाएको हो।
यस्तै, सशस्त्रको आईजीपीमा शैलेन्द्र खनालको नाम सिफारिस भएको छ । बालुवाटारमै बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे औपचारिक निर्णय गर्ने छ । बैठक बस्ने तयारी भईरहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । बालुवाटारमा गृहमन्त्री र आईजीपी हुनेहरु सबै सहभागि भएको बताइएको छ ।
प्रहरीमा आईजीपीको दाबेदार खनालसँगै, रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धामा थिए ।