वडाध्यक्ष भण्डारी माथि आक्रमण - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

वडाध्यक्ष भण्डारी माथि आक्रमण



चितवन। भरतपुर महानगरपालिका वर्डा नम्बर १० का वडाध्यक्ष अरुण भण्डारीमाथि आक्रमण भएको छ।

नारायणगढको सिद्धि आयल स्टोर्स अगाडि मंगलबार अपरान्ह गाडी चढ्न लागेका बेला एक्कासी शरीरमा मोबिल छर्किएर ढुंगा प्रहार भएको चितवनका प्रहरी नायव उपरीक्षक शिव आचार्यले जानकारी दिए।

आचार्यका अनुसार घटनाको विस्तृत विवरण आइनसके पनि ढुंगा लागेर भण्डारीको टाउकोमा चोट लागेको छ।

भण्डारीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।आक्रमण कसले गर्‍यो भन्ने बारेमा नखुलेको र अनुसन्धान भइरहेको आचार्यले जानकारी दिए।