आईपिएल ‘बहिष्कार’ अभियान, रजनिकान्तले गरे खेलाडीलाई विरोधको अपिल - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

आईपिएल ‘बहिष्कार’ अभियान, रजनिकान्तले गरे खेलाडीलाई विरोधको अपिल



चेन्नई– मंगलबार चेन्नईमा हुन गइरहेको इन्डियन प्रिमियर लिग(आइपिएल)को खेल बहिष्कारको अभियान चलाइएको छ। तमुलनाडु राज्यमा पानीको विषयमा भइरहेको आन्दोलनको क्रममा आईपिएल पनि बहिष्कार अभियान चलाइएको हो।

मंगलबार चेन्नईको एमए चिदंबरम स्टेडियममा चेन्नई सुपर किंग्स र कलकत्ता नाइट राइडर्सबीच खेल हुँदैछ। स्टेडियम अगाडि मंगलबार बिहानैदेखि आन्दोलन भइरहेको छ। द हिन्दुका अनुसार विभिन्न पार्टीका १० जना नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ। स्टेडियम आसपास कडा सुरक्षाका साथ खेल गराउन लागिएको छ।

आन्दोलनले खेल प्रभावीत नहुने अधिकारीहरुले बताएका छन्।

हालै राजनीतिमा प्रवेश गरेका चर्चित अभिनेता रजनीकान्तले समेत हातमा कालो ‘आर्मब्यान्ड’ बाँधेर आन्दोलनमा साथ दिन खेलाडी र दर्शकहरुलाई आग्रह गरेका छन्। अर्का चर्चित अभिनेता कमल हसन पनि आन्दोलनमा उत्रिएका छन्।

पानीको विषयलाई लिएर तमिलनाडु र कर्नाटक राज्यबीच लामो समयदेखि विवाद चल्दै आएको छ। पानीमा आफुहरुलाई अन्याय भएको भन्दै तमिलनाडुका बासिन्दाहरुले आन्दोलन गर्दै आएका छन्।