चूडामणी शर्माबिरुद्ध फेरी मुद्धा, ४ करोड २९ लाख भ्रष्टाचार
काठमाडौं । विवादास्पद छवीका निलम्बित सहसचिव चूडामणी शर्माविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा दायर गर्ने निर्णय गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माविरुद्ध ४ करोड २९ लाख ५४ हजार रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गर्ने निर्णय गरेको हो।
आयोगले शर्मा र उनकी पत्नी कल्पना उप्रेतीविरुद्ध मुद्दा दायर गर्ने जनाएको छ । आयोगका अनुसार अनुसन्धानबाट शर्माले तीन करोड ६३ लाख रुपैयाँमात्रै बैध रुपमा आर्जन गरेको देखिएको छ भने ‘सम्पत्ति विश्लेषणमा सात करोड ९३ लाख रुपैयाँ खर्च गरेको देखिएको छ । वैध आम्दानी भन्दा खर्च धेरै भएकाले गैरकानूनी आर्जन गरेको अभियोगमा मुद्दादर्ता गर्ने तयारी गरेको आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेले जानकारी दिए ।
कर फर्स्योट आयोगको सदस्यसचिव रहँदा अनियमितता गरेको भनी अन्य दूइृ जनासहित १० अर्ब रुपैयाँको भ्रष्टाचार मुद्दा लागेका राजस्व विभागका निलम्बित महानिर्देशक शर्माविरुद्ध यो दोस्रो मुद्दा हो । उनको पहिलो मुद्दा विशेष अदालतमा विचाराधीन छ ।