फेरी कर्मचारी नै दुई लाख घुससहित पक्राउ - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

फेरी कर्मचारी नै दुई लाख घुससहित पक्राउ



सुर्खेत- अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले २ लाख रुपैयाँ घुससहित जिल्ला मालपोत कार्यालय सुर्खेतका दुई कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ।

अख्तियारले मंगलबार जिल्ला मालपोत कार्यालय सुर्खेतमा छापा मारेर घुससहित दुई कर्मचारीलाई पक्राउ गरेको हो।

अख्तियारको टोलीले मालपोत कार्यालयका खरिदारद्वय ओमबहादुर सुनार र धर्मराज सुवेदीलाई घुस रकमसहित पक्राउ गरेको हो। जग्गाको कारोबारमा घुस लिँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।