जङ्गलमा झुन्डिएको अवस्थामा एक विद्यार्थीको शव फेला
भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर–४, स्थित अनन्तलिङ्गेश्वर मन्दिर नजिकैकोे जङ्गलमा एक विद्यार्थीको शव भेटिएको छ ।
कागेश्वरी मनहरा नगरपालिका–८, गोठाटार काँडाघारीमा बस्दै आएका २२ वर्षका गणेश बुढाथोकी कलेजको टाईले झुन्डिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाइले जानकारी दिनुभयो ।
आइतबारदेखि घरबाट हराएका बुढाथोकीलाई खोजी गर्ने क्रममा आइतबार जङ्गलमा शव भेटिएको प्रहरीले जनाएको छ ।