ओलीले पीएचडीको उपाधि पाएपछि बाबुरामको यस्तो टिप्पणी - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

ओलीले पीएचडीको उपाधि पाएपछि बाबुरामको यस्तो टिप्पणी



नयाँ शक्ति पार्टी नेपालका संगोजक डा बाबुराम भट्टराईले मानर्थ विद्यावारिधि पाएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्दै बधाई दिएका छन् ।

भट्टराईले आइतबार ट्विट गर्दै ओलीलाई स्वागत तथा बधाई दिएका हुन् । भट्टराईले द्विटमा ‘डा. ( विद्यावारिधि ) क्लब’ मा प्रम डा. ओलीलाई हार्दिक स्वागत तथा बधाई!’ लेखेका छन् । भारतको तीनदिने राजकीय भ्रमणको क्रममा ओलीलाई प्रधानमन्त्री ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले आइतबार मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो।

विश्वविद्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीलाई उत्तराखण्ड राज्यका गभर्नर एवं विश्वविद्यालयका चान्सलर कृष्णकान्त पलले ‘डाक्टर अफ साइन्स’ को उपाधि प्रदान गरेका थिए।