जेलभित्रै बालबािलकालाई लेखपढको अवसर - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

जेलभित्रै बालबािलकालाई लेखपढको अवसर



जिल्ला कारागार शाखा खाटाङमा आश्रित जीवन बिताइरहेका बालबालिकालाई कारागारभित्रै पठनपाठनको व्यवस्था मिलाइएको छ।

विभिन्न मुद्धामा जेल जीवन बिताइरहेका बराहपोखरी गाउापालिका ६ मौवाबोटेका साढे ५ वर्षका मौसम राइ, हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीका ४ वर्षका रेशम राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका १ याम्खाका डेढ वर्षकी उर्मिला विश्वकर्मालाई कारागारभित्रै लेखपढको व्यवस्था मिलाइएको हो।

दिक्तेल बचत तथा ऋण सहकारी संस्था, लालुपाते बहुउद्देश्यीय सहकारी संस्था र सक्रिय बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरिदिएको १ लाख अक्षय कोषबाट आश्रित बालबालिकालाई पठनपाठनको व्यवस्था मिलाएको कारागार शाखाका प्रमुख चित्राखर आचार्यले बताए।

तीन सहकारील स्थापना गरेको अक्षय कोषको ब्याजबाट आउने रकमले गत वैशाखदेखि कारागारभिै सहयोगी शिक्षकमार्फत पठनपाठन गराईनेछ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।