चट्याङ लागेर १० महिने बालकको मृत्यु - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

चट्याङ लागेर १० महिने बालकको मृत्यु



अछाम । अछाम जिल्लाको चौरपाटी–३ गगुडामा शनिबार बिहान ४ बजेतिर परेको चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

गगुडास्थित रमेश कामीको घरमा परेको चट्याङ लागेर १० महिने आयुश कामीको मृत्यु भएको हो भन्ने कामीकी १६ वर्षीय छोरी सीता कामी जलेर घाइते भएको अछाम प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

घाइते सस्ता कामीलाई उपचारका लागि प्रहरीको सहयोगमा वयलपाटा अस्पतालमा लगिएको छ । चट्याङ लागेर रमेशका गोठमा रहेका ५ बाख्रा र एक गोरु समेत मरेका छन् ।