आगलागी हुँदा ७ लाख बराबरको सम्पत्ति जलेर नष्ट - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

आगलागी हुँदा ७ लाख बराबरको सम्पत्ति जलेर नष्ट



विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा शुक्रबार बेलुकी आगलागी हुँदा रु सात लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।

स्थानीय डाइनिया बस्ने छेदी साहुको दुईतले कच्चीघरमा विद्युत् चुहिएर आगलागी भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । सो आगलागी स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो । रासस