स्टार इन्डियाद्वारा ९८ अर्बमा भारतीय क्रिकेटको प्रशारण अधिकार खरिद - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

स्टार इन्डियाद्वारा ९८ अर्बमा भारतीय क्रिकेटको प्रशारण अधिकार खरिद



स्टार इन्डियाले भारतमा हुने अन्तर्राष्ट्रिय टिभी र डिजिटल प्रशारणको अधिकार पाएको छ।

स्टार इन्डियाले बिसिसिआईलाई ९४४ मिलियन अमेरिकी डलरमा सो अधिकार किनेको छ ।

स्टार इण्डियाले आगामी पाँच वर्षका लागि टिभी र डिजिटल प्रशारणका लागि बीसीसीआईलाई ६१३८.१ करोड भारतीय रूपैयाँ अर्थात ९८ अर्ब २० करोड ९६ लाख नेपाली रूपैयाँमा प्रशारण अधिकार किनेको हो ।

अनलाईन लिलामीको अन्तिम राउण्डमा स्टार इण्डिया प्रा. लिले रिलायन्स इण्डस्ट्रिज लिमिटेठ र सोनी पिक्चर नेटवर्क इण्डियालाई पछि पारेर अधिकार किनेको हो ।

स्टारले आगामी १५ अप्रिल २०१८ देखि ३१ मार्च २०२३ सम्म प्रशारण अधिकार पाएको हो। स्टार इण्डियाले टिम इण्डियाले आगामी ५ वर्षसम्म खेल्ने विभिन्न १०२ अन्तर्राष्ट्रिय खेलको प्रशारण गर्ने भएको छ। यस्तै भारतमा हुने घरेलु प्रतियोगिताको पनि प्रशारण अधिकार पाएको छ।

पहिलो पटक भएको यस्तो लिलामीबाट बीसीसीआईलाई पछिल्लो २०१२-२०१८ को भन्दा ६० प्रतिशत रकम फाइदा भएको छ।

सन् २०१२देखि २०१८ सम्म स्टार इन्डियाले ३८५१ करोड अर्थात ३८ अर्ब ५१ करोड रूपैयाँ खर्चिएको थियो। तर अहिले खर्चिएको रकम अनुसार स्टार इन्डियाले ६० करोड १ लाख रूपैयाँ प्रति खेल खर्चिएको हो।

यसअघि बोर्डले ५५-६० करोड बिचमा सम्झौता हुने भनिए पनि अन्ततः ६० करोडभन्दा बढी रकम खर्चिन पुगेको हो।