संविधानकै प्रावधान अस्पष्ट, मस्यौदा समिति नै अलमलमा
काठमाडौं – संविधानमा कतिपय प्रावधान अस्पष्ट भएको भन्दै संघीय संसदको नियमावली मस्यौदा समिति अलमलमा परेको छ ।
फागुन २२ गते प्रतिनिधिसभाले १३ र राष्ट्रियसभाले ९ सदस्यीय मस्यौदा नियमावली समिति बनाएको थियो ।
दुवै सभाले नियमावली टुंगो लगाइसकेको बताएका थिए । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।
समाचारमा लेखिएको छ, केही विषयमा संविधानमा लेखिएका प्रावधान अस्पष्ट भएको भन्दै समितिले नियमावली टुंगो लगाउन सकेका छेनन् ।
राष्ट्रिसभा नियमावली मस्यौदा समितिका संयोजक परशुराम मेघी गुरुङले भने,
-हामीले संविधानमा भएका व्यवस्थालाई मान्नुपर्छ ।
-तर, त्यहीँ नै प्रष्ट नभएपछि के गर्ने अन्योल छ ।
-यसबारे अब अन्य विज्ञसँग पनि छलफल गर्ने पक्षमा छौँ ।
-प्रतिनिधिसभाको नियमावलीमा छुटेका बुँदालाई पनि हामी समेट्छौँ ।