घुससहित शिक्षाका दुई इन्जिनियर अख्तियारको फन्दामा   - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

घुससहित शिक्षाका दुई इन्जिनियर अख्तियारको फन्दामा  



पोखरा । जिल्ला शिक्षा कार्यालय कास्कीका दुई इन्जिनियर एक लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन् ।
नारायण आधारभूत विद्यालयको भवन निर्माण सकेर बिल भुक्तानी दिने क्रममा घुस माग्ने इन्जिनियर प्रदीपकुमार बानियाँ र सब–इन्जिनियर छबिन् विक्रम खाँड अख्तियारको फन्दामा परेका हुन् ।
 बिल भुक्तानी दिने क्रममा घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले उनीहरूलाई पक्राउ गरेको हो ।