विदेशबाट फर्केर उद्यम गर्नेलाई पुरस्कार ! - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

विदेशबाट फर्केर उद्यम गर्नेलाई पुरस्कार !



वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा काम गरेर स्वदेश फर्किइ उद्यमी बनेकालाई पुरस्कारका लागि आवेदन खुला गरिएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्ष प्रदान गरिने पुरस्कारका लागि आवेदन खुला गरेको हो । पुरस्कारको दाबी गर्नका लागि योग्य व्यक्तिले सूचना प्रकाशित भएको ३० दिन भित्र आवश्यक प्रमाणसहित आवेदन दिनुपर्नेछ ।

वैदेशिक रोजगारीमा गई फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यपी युवाको सम्मानका लागि उक्त पुरस्कारको व्यवस्था गरेको मन्त्रालयले जनाएको छ । श्रम मन्त्रालयका सहसचिव कृष्णप्रसाद ज्ञवालीले वैदिशिक रोजगारीबाट आएको विप्रेशण स्वदेशको उद्यमशील कार्यक्रममा प्रयोजन गराउने र स्वदेशको रोजगारीमा आकर्षण गर्ने उद्देश्यका साथ मन्त्रालयले गत वर्षदेखि त्यस्ता युवालाई लक्षित गरी पुरस्कार दिने कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार ‘राष्ट्रिय उद्यमशीलता उत्कृष्ट पुरस्कार’ बाट एक जनालाई र ‘प्रादेशिक उद्यमशीलता उत्कृष्ट पुरस्कार’बाट प्रत्येक प्रदेशका एक–एक जनालाई सम्मानित एवं पुरस्कृत गरिनेछ । ‘राष्ट्रिय उद्यमशीलता उत्कृष्ट पुरस्कार’ को एक लाख नगदसहित सम्मान प्रदान गरिने छ भने ‘प्रादेशिक उद्यमशीलता उत्कृष्ट पुरस्कार’बाट सात जनालाई प्रतिव्यक्ति ५० हजार नगद सहित सम्मान प्रदान गरिने मन्त्रालयले जनाएको छ । आजको गोरखापत्र दैनिकमा खवर छ ।