अपराध महाशाखाका एसएसपी दिनेश लोहनी हटाइए - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

अपराध महाशाखाका एसएसपी दिनेश लोहनी हटाइए



काठमाडौं– गृह मन्त्रालयले महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीलाई हटाएको छ। सुन तस्करी प्रकरणमा सनम शाक्यको हत्या अनुसन्धानमा गम्भीर लापरबाही गरेको प्रारम्भिक छानबिनमा खुलेपछि उनलाई हटाइएको हो।

तस्करीको साढे ३३ किलो सुन लुकाएको आरोपमा शाक्यको हत्या भएको थियो। महाशाखाले हत्यामा संलग्न ४ जनालाई पक्राउ गरेपछि मुख्य सुन तस्करहरुलाई जोगाएको आरोप लागेको छ।

गृह मन्त्रालयले सहसचिव ईश्वरचन्द्र पौडेलको संयोजकत्वमा छानबिन गरेको थियो। छानबिनकै अधारमा उनको सरुवा गरिएको हो।

महाशाखाका अन्य प्रहरी अधिकारीमाथि छानबिन चलिरहेको छ। महाशाखामा लामो समयदेखि घुमुवाका रुपमा कार्यरत प्रहरीको सुन तस्करहरुसँगको हिमचिमका कारण अनुसन्धानमा चलखेल भएको स्रोत बताउँछ।