सरकारको निर्णयप्रति कांग्रेसको समर्थन - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

सरकारको निर्णयप्रति कांग्रेसको समर्थन



काठमाडौं- यातायात व्यवसायीको सिन्डिकेट तोड्ने सरकारको निर्णयको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रशंसा गरेको छ। काठमाडौं-बनेपा रुटमा सिन्डिकेट गर्दै आएका ११ स्थानीय व्यवसायी समितिले सेवा रोकेपछि सरकारले नयाँ ८ कम्पनीलाई इजाजत दिँदै यातायात सिन्डिकेटविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको थियो।

सरकारको पछिल्लो निर्णयलाई लिएर प्रमुख प्रतिपक्षी कांग्रेसले समेत राम्रो काम गरेको भन्दै समर्थन गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यातायातको सिन्डिकेट तोड्न सरकारले गरेको प्रयत्न जायज भएको बताउँदै सरकारको कामको समर्थन गरेका छन्।

सामाजिक सञ्चाज ट्विटरमा प्रवक्ता शर्माले काठमाडौं-धुलिखेलपछि अब मुलुकभर सरकारले पछिल्लो निर्णय विस्तार हुनुपर्ने बताएका हुन्।

उनले लेखेका छन्,’लोकतन्त्र र प्रतिस्पर्धात्मक अर्थ व्यवस्थामा राज्य वा नीजि क्षेत्र कसैले पनि निषेधको व्यवहार कसैप्रति गर्ने कुरा ग्राह्य हुनुहुन्न।’