मदनकृष्णलाई महराले भने: “हामी तपाईंको साथमा छौं ।” - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

मदनकृष्णलाई महराले भने: “हामी तपाईंको साथमा छौं ।”



काठमाडौं। पत्नी वियोगको पीडामा रहेका वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेर सभामुख कृष्णबहादुर महराले चिन्ता नलिना आग्रह गरेका छन्।

बिहीबार बिहान श्रेष्ठ निवास सुनाकोठी पुगेर सभामुख महराले गत सोमबार निधन भएकी श्रेष्ठ पत्नी यशोदा सुवेदी श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

डा. रवीन्द्र पाण्डेका अनुसार सभामुख महराले “हामी सबै तपाईको साथमा छौं’ आत्तिनु हुँदैन विज्ञानको नियम टारेर टर्दैन” भन्दै मदनकृष्ण श्रेष्ठ लगायत परिवारजनलाई समवेदना व्यक्त गरेका थिए ।

नजिकको प्रियजन गुमाउनु जीवनकै सबैभन्दा दुखद क्षण हुने बताउँदै सभामुख महराले विज्ञानको नियमलाई कसैगरी टार्न नसकिने र धैर्यतापूर्वक सहनुको विकल्प नभएको बताए । “जे हुनु भइसक्यो, अब आत्मबल बलियो बनाउनुस्”, महराले भने, “हामी तपाईंको साथमा छौं ।”

भेटमा वरिष्ठ हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठले आफूलाई दुःख परेको बेला घरमै आएर सान्त्वना दिदा आफ्नो आत्मबल बढेको बताए । आफूले परम्परागत र गलत संस्कारहरु तोड्ने प्रयास गरिरहेको भन्दै श्रेष्ठले मृत्यु संस्कारमा केही परिमार्जन गर्न खोजेको पनि बताए ।