कर्मचारी र जनप्रतिनिधिले अनिवार्य सरकारी स्कुलमै पढाउनुपर्ने
बढिमालिका नगरपालिकाले सरकारी सुविधा लिनेजति सबैले अनिवार्य रुपमा छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ ।
आफ्नै शिक्षा नीति निर्माण गरी नगरपालिकाले आगामी वैशाखदेखि सुरु हुने शैक्षिक सत्रबाट लागु हुने यस्तो निर्णय गरेको हो ।
सुविधा सरकारको खाएर निजी क्षेत्रको पुवद्र्धन गर्न नपाईने भन्दै दोस्रो नगरसभाले यस्तो निर्णय गरेको हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।