धुर्मुस–सुन्तलीलाई बर्मेलीको ५ लाख सहयोग - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

धुर्मुस–सुन्तलीलाई बर्मेलीको ५ लाख सहयोग



काठमाडौं– अन्तर्राष्ट्रिय रंगशाला निर्माणको अभियानमा रहेको धुर्मुस-सुन्तली फाउन्डेसनलाई थाई नेपाल संघका अध्यक्ष कुमार कार्कीले ५ लाख नगद सहयोग गरेका छन्।

बर्मामा जन्मेर थाइल्यान्डका बसोबास गर्दै आएका कार्कीले थाई नेपाली संघ र आफ्नो व्यक्तिगत तर्फबाट फाउन्डेसनलाई सहयोग गरेका हुन्। रंगशालासँगै नमूना नेपाल नामक पुनर्निर्माण परियोजनालाई सहयोग पुर्‍याउन कार्कीले रकम सहयोग गरेका हुन्।

राजधानीमा आयोजित एक कार्यक्रममा कार्कीले उक्त रकम फाउन्डेसनलाई रकम हस्तान्तरण गरे। रंगशाला बनाउन जग्गा खोजीका लागि धुर्मुस-सुन्तली उपत्यका बाहिर रहेकाले प्रतिनिधिलाई उक्त रकम हस्तान्तरण गरिएको छ। बर्मामा जन्मे पनि नेपाललाई पितृभूमि मान्दै आएका कार्कीले यसअघि पनि २०७२ बैशाख १२ गते गएको भूकम्पका पीडितहरुलाई राहत वितरण गरेका थिए।