अमेरिका र चीनको झगडामा कसलाई फाइदा ? - Himal Post Himal Post
  • १५ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 27 2025
Logo

अमेरिका र चीनको झगडामा कसलाई फाइदा ?



बीबीसी । सबै प्रकारको लडाईँमा दुवै पक्ष घाइते हुने गर्छन् । त्यसैले  अमेरिका र चीनबीच अहिले चलिरहेको व्यापारिक युद्धमा पनि दुवैलाई केही न केही असर पर्ने निश्चित छ । तर यसमा अधिक नोक्सानी कुन देशलाई हुने भन्नेबारे अहिले विभिन्न विवाद चलिरहेको छ ।

अमेरिका र चीनबीचको लडाई यसरी नै अगाडि बढिरहने हो भने वास्तवमा सबैभन्दा बढी घाटा चीनले नै व्यहोर्नुपर्ने हुन्छ । किनकी चीनको आर्थिक उन्नतीको एउटा ठूलो हिस्सा अमेरिकाले चीनबाट निर्यात गर्ने सामग्रीको आम्दानीबाट प्राप्त हुने गरेको छ । अर्थात् चीनले अमेरिकासँग जति रकम बराबरको सामान खरिद गर्ने गर्छ त्यो भन्दा धेरै गुना बढी चीनले अमेरिकालाई बिक्री गर्ने गरेको छ । यस्तोमा अमेरिकाले चीनबाट आयात गरिने सामानहरुको शूल्क अधिक बनाइदिँदा यसको सिधा असर चीनको अर्थतन्त्रमै बढी पर्न जान्छ ।
त्यसकारण अमेरिकाले सुरु गरेको यस व्यापारीक युद्धमा चीनले बढी गुमाउने निश्चित रहेकाले पनि अमेरिकाले बिना कुनै चिन्ता लगातार शुल्क बढाउने क्रम जारी राखिरहेको छ । तर चीनले पनि अमेरिकासँग नझुकी जस्ताको त्यस्तै जवाफ दिइरहेको छ ।

तरपनि चीनलाई यस युद्धबाट केही फाइदा नहुने हुँदा उसले यस विवादबाट बाहिर निस्कने बाटो खोजिरहेको विश्लेषकहरुको भनाइ छ । यता विश्व व्यापार संगठनका महानिर्देशक रोबर्ट एजेवेडोले भने अमेरिका र चीनमा चलिरहेको विवादका बीच विश्वभर आर्थिक समस्या उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् । सोमबार मात्र चीनले अमेरिकालाई कडा जवाफ दिँदै मासु र वाइन जस्ता अधिक उपभोग्य खानेकुरामाथि २५ प्रतिशतले शुल्क वृद्धि गर्ने घोषणा गरेको छ । चीनले उक्त कदम अमेरिकी निर्णयपछि बेहोर्नु परेको घाटालाई मध्य नजर राख्दै उठाइएको बताएको छ । अमेरिकाले भने यसको आलोचना गर्दै विश्व बजारलाई बिगार्ने प्रयास भइरहेको चीनमाथि आरोप लगाएको छ ।

चीनको अर्थव्यवस्था निर्यातमै निर्भर रहेकाले पनि विश्व व्यापार प्रणालीमा स्थिरताको सम्भावना बढ्दै गएको बताइएको छ । अमेरिका र चीनबीच लामो समयसम्म यसरी दुईपक्षीय युद्ध चलिरहेर व्यापार नै बन्द हुने स्थितिमा पुग्ने हो भने अन्य देशहरुको पनि चीनमाथिबाट विश्वास उठ्न सक्ने आशंका गरिएको छ । त्यसैगरी नकारात्मक आर्थिक परीणामले चीनको राजनीतिमा समेत गम्भीर प्रभाव पार्न सक्ने विश्लेषकहरुको भनाइ छ । वास्तवमा चीनले वर्षौँदेखि अमेरिकी कम्पनीहरुका प्राविधि सम्बन्धी महत्वपूर्ण जानकारी अवैध तरिकाले हासिल गरि बौद्धिक सम्पदाको चोरी गर्दै आएको अमेरिकाको आरोप छ । यसैको प्रतिक्रियामा राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन विरुद्ध आर्थिक लडाई सुरु गरेको बताएका छन् ।