सरकार झुट र भ्रमको खेतीमा लाग्योः नेता पौडेल - Himal Post Himal Post
  • १५ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 27 2025
Logo

सरकार झुट र भ्रमको खेतीमा लाग्योः नेता पौडेल



तनहुँ- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनको वर्तमान सरकार झुट र भ्रमको खेतीमा लागेको आरोप लगाएका छन्  ।

बुधबार दमौलीमा सञ्चारकर्मीसँगको भेटमा उहाँले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा भन्दा पनि झुट र भ्रमको खेतीतर्फ उन्मुख भएको आरोप लगाए  । सरकार काम गर्नेभन्दा पनि लोकप्रियता कमाउनेतर्फ बढी मात्रामा लागेको उनले बताए  ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण केबल भारतीय समकक्षी नरेन्द्र मोदीसँग बिग्रेको सम्बन्ध सुधार्नेबाहेक आफूले अरु कुनै उपलब्धि नदेखेको नेता पौडेलले बताए  । उनले  भ्रमणलाई लिएर धेरै लोकप्रियता कमाउनेतर्फ लाग्नुभन्दा पनि देशको आर्थिक समृद्धि र विकासलाई अगाडि बढाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

काँग्रेस अब कसरी अगाडि बढ्ला भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता पौडेलले १४औँ महाधिवेशनपछि काँग्रेस फेरि जुझारु र सक्रिय हुने दाबी गरे । काँग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढ्नु आवश्यक रहेको उनको  भनाइ थियो ।