हत्याको ३ महिनामा शुटर पक्राउ - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

हत्याको ३ महिनामा शुटर पक्राउ



आचार्य प्रदीप
बुटवल । रुपन्देहीको देवदहका फर्निचर ब्यबसायी बलु भनिने बसन्त पौडेललाई गोली प्रहार गरी फरार रहेका शुटर विवेक भनिने शुभाष गुरुङ्ग पक्राउ परेका छन् । गुरुङ्गलाई पोखरा महानगरपालिका रामबजार कास्कीबाट पक्राउ गरिएको छ । उनलाई मंगलबार पक्राउ गरीएपनि बुधबार मात्र बुटवलमा सार्वजनिक गरीएको हो ।

शुटर सार्वजनिक गर्दै एसपि स्याम ज्ञवालीले हत्या पश्चात सिआईबिको टोली सहित संघिय प्रहरी ईकाई भैरहवा, जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्याल बुटवलबाट समेत टोलि खटिएर पक्राउ गर्न सफल भएको जानकारी दिए ।

उनका अनुसार गोली हान्नका लागि सुबासले एक लाख रुपैयँ लिएका थिए । गुन्डा नाइके मनोज पुनको समूहले बलुलाइ ०७४ पुस २१ गते बलुको गोली हानेर हत्या गरेको थियो ।

२१ बर्षिय बिबेक भनिने सुवास गुरुङ पोखरा महानगरपालिका १० रामबजारमा बस्दै आएपनि उनको स्थायी घर भने लमजुङ बाङ्ग्रे गांउपालिका ५ भोर्लेटार हो ।

पैसाको लोभमा आफुले बलुलाइ गोली हानेको सुवासले प्रहरीसंग बताएका छन । उनले गोली हानेपछि १ लाख रुपैंया समेत बुझेका थिए ।

शुटर गुरुङ्ग हत्या पश्चात बाङग्रै गाउँपालिका ५ लमजुङ घर भएपनि पोखरा महानगरपालिका १० रामनगरमा बस्दै आएका थिए ।

पुस २१ गते बिहान करिब ११ बजेको अवस्थामा घरमै बसेको अवस्थामा लु ४ प १४ नम्बरको मोटरसाईकलमा आएका उनी हत्या पछि फरार रहेका थिए ।

पक्राउ परेका सुवासलाइ कर्तब्य ज्यान,हातहतियार तथा खरखजाना ऐन अन्तर्गत कारबाहि हुने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक केशब भट्टराइले बताए ।
पौडेल हत्यामा संलग्न दुई जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । पौडेल हत्याका मुख्य योजनाकार मनोज पुन र सोम आलेको प्रहरीसंगको मुठभेडमा मारिइसकेका छन् ।