मनोज पुनका सहयोगी पक्राउ - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

मनोज पुनका सहयोगी पक्राउ



रुपन्देही– देवदहमा बलु पौडेललाई गोली हान्ने सुटर सुवास गुरुङ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई मंगलबार पोखराबाट पक्राउ गरेको हो।

 पुस २१ गते पौडेलको गोली हानी हत्या भएको थियो। गुन्डा नाइके मनोज पुनको समूहले उनको हत्या गरेको थियो।

पौडेल हत्याका योजनाकार मनोज पुन र सोम आलेको प्रहरीसँगको मुठभेडमा गत महिना मृत्यु भइसकेको छ।

 पक्राउ परेका गुरुङले पैसाको लोभमा आफुले गोली हानेको बताएका छन्। रुपन्देहीका एसपी श्याम ज्ञवालीका अनुसार त्यसका लागि उनले एक लाख रुपैयाँ लिएका थिए।
उनको अन्य अपराधिक पृष्ठभुमी भेटिएको छैन। उनी बेरोजगार व्यक्ति हुन्। एक साथीले आफुलाई मनोज पुनसँग चिनजान गराइदिएको बताएका छन्।

पौडेल हत्यामा संलग्न दुई जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।