सिन्डिकेट बिरुद्द कडा कदम, ८ कम्पनीलाई रुट परमिट - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

सिन्डिकेट बिरुद्द कडा कदम, ८ कम्पनीलाई रुट परमिट



काठमाडौं– सडकमा एकाधिकारको पक्षमा यातायात सेवा नै रोकेर आन्दोलन गर्ने कोटेश्वर पूर्वका यातायात व्यवसायीको आन्दोलनपछि सरकार झन् कडा रुपमा प्रस्तुत भएको छ।

१३ वटा यातायात समितिहरुले बुधबार गाडी नचलाएपछि यातायात व्यवस्था विभागले ८ वटा कम्पनीलाई धुलिखेल र पनौतीसम्मको अस्थायी रुट परमिट दिएको छ। काभ्रे र भक्तपुरका बस व्यवसायीहरुलाई काउन्टर दिन सरकारले यस्तो निर्णय गरेको हो।

उनीहरुको आन्दोलनपछि साझा र मयुर यातायातले धुलिखेलसम्म नै सेवा दिन थालेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए। बुधबारदेखि नै ८ वटा यातायात कम्पनीहरुले अस्थायी रुट लिएर गाडी चलाउन थालेका छन्।

मयुर यातायातलाई बनेपासम्म रुट इजाजत दिएको विरोधमा अरनिको, काभ्रे बस व्यवसायी लगायतले विरोध गर्दै बुधबार कोटेश्वर पूर्व सेवा रोकेका हुन्।  बिहीबारदेखि नै उनीहरुले सेवा रोके थप कारबाही गरी ती रुटमा अन्य यातायात कम्पनीलाई स्थायी रुट दिइने विभागले जनाएको छ।