चितवनको कागज कारखानामा भिषण आगो - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

चितवनको कागज कारखानामा भिषण आगो



भरतपुर– चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा आज बिहान आगलागी भएको छ।

भरतपुर महानगरपालिका–५ स्थित लंकुमा रहेको कारखानामा आगलागी हुँदा करीब १८ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। स्थानीयवासी हेमराज खनालले सञ्चालन गरेको उक्त कागज कारखानामा बिहान करीब ३ः२५ बजे आगो सल्किएको थियो।

दमकलको सहयोगमा स्थानीय बासिन्दा र प्रहरीले बिहान ५ बजे आगो नियन्त्रणमा लिएका थिए।

सो घटनामा मानवीय क्षति भने भएन। कारखाना र त्यहाँ रहेका कागज तथा कच्चापदार्थ जलेर नष्ट भएको छ। आगलागीको कारण खुल्न सकेको छैन। आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस