धनराज गुरुङले भने: गृहमन्त्रीले तत्काल राजिनामा दिनुपर्छ ! - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

धनराज गुरुङले भने: गृहमन्त्रीले तत्काल राजिनामा दिनुपर्छ !



नेपाली कांग्रेसका नेता धनराज गुरुङले गृहमन्त्री रामबहादुर थापाको राजिनामा मागेका छन् ।

गृहमन्त्री आफैँले एयरपोर्टबाट टनका टन सुन तस्कर भइरहको बताउनु गैर जिम्मेवारीपन भएको भन्दै गुरुङले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताएका हुन् ।

सामाजिक संजाल फेसबुकमा नेता गुरुङले सुन तस्करी भइरहेको देख्ने तर रोक्न नसक्ने गृहमन्त्रीले राजिनामा दिनुपर्ने उल्लेख गरेका छन् ।

२०४८ सालमा तत्कालीन कृषि मन्त्री शैलजा आचार्यले “कृषि मन्त्रालयमा भ्रष्टाचार छ“ भन्दा नैतिकताको आधारमा राजिनामा दिएको स्मरण गराउँदै गुरुङले गृहमन्त्री थापामाथि नैतिकताको प्रश्न गरेका छन् ।
गुरुङको टुइट यस्तो छ :

२०४८ सालमा तत्कालीन कृषि मन्त्री शैलजा आचार्यले “कृषि मन्त्रालयमा भ्रष्टाचार छ“ भन्दा नैतिकताको आधारमा राजिनामा दिएका थिए। तर आज एयरपोर्टबाट टनका टन सुन तस्करी भइरहेको देख्ने तर नरोक्ने गृह मन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनु पर्दैन? नैतिकता हराएको मेरो देश ।

गृहमन्त्री रामबहादुर थापाले सोमबार ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना सार्वजनिक गरेका थिए । उक्त कार्यक्रममा मन्त्री थापाले एयरपोर्टबाट टनका टन सुन तस्करी हुने गरेको बताएका थिए ।