पेट्रोल र डिजेलको मूल्य बढ्यो
काठमाडौं- नेपाल आयल निगमले सोमबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। पेट्रोल, डिजल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरिएको हो।
अब पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ। त्यस्तै, डिजल र मट्टितेलको मूल्य ८५ रुपैयाँ पुगेको छ। स्वचालिक मूल्य अनुसार मूल्यवृद्धि भएको निगमले जनाएको छ।