ट्रकद्वारा ४ वटा स्कुटर तथा मोटरसाइकललाई एकै पटक ठक्कर
पोखरामा रोकीराखेको ट्रकले ४ वटा स्कुटर तथा मोटरसाइकललाई ठक्कर दिएको छ ।
पोखराको मालेपाटन स्थित कालिका पेट्रोल पम्पमा चालक बिना रोकि राखेको एक ट्रक आफै व्याक हुदाँ ३ वटा मोटरसाईकल र एउटा स्कुटरलाई ठक्कर दिएको हो । कालिका पेट्रोल पम्प भित्रै रोकिराखेको ग १ ख ६९२७ नम्बरको ट्रकले आज करिब ५ः३० बजे तिर पेट्रोल हाल्न आएका स्कुटर तथा मोटरसाइकललाई ठक्कर दिएको हो ।
उक्त ट्रकले ग ६ प ३३६६ नम्बरको मोटरसाईकल, ग ११ प ३५० नम्बरको स्कुटर, ध १ प ४१६४ नम्बरको मोटरसाईकल र ग ७ प ४८४९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको स्कुटर चालक सुवर्ण केसीले पोखरा न्युजलाई बताए। स्कुटरमा पेट्रोल हाल्न पम्पमा पुगेका पोखरा लेखनाथ ४ का वडा सदस्य समेत रहेका केसीले आफु ठुलो कालबाट बच्न सफल भएको बताए ।
स्कुटर चालक केसी ट्रक आफै व्याक भएको देखेपछी अकस्मात भाग्नाले बाच्न सफल भएका हुन । उनि चढेको ग ११ प ३५० नम्बरको स्कुटरलाई ट्रकले किचेको छ । आफु जस्तै अन्य केहि व्यक्तिहरु समेत अपरझट भाग्नाले बाच्न सफल भएको केसीले जनाए । उनले पोखरा न्युज संग भने “ पार्किङ गरेर राखेको जस्तो देखिने ट्रक चालक बिना एकाएक पछाडिबाट व्याक हुदै हामीले पेट्रोल हाल्ने ठाँउमा आएको देखेपछी हामी चनाखो भयर भाग्नाले बाच्न सफल भयौं । ”
उक्त ट्रक न्यूटलमा भएर आफै व्याक भएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको छ।