यातायात समिति गाडी बन्द गर्ने, सरकार रुट परमिट बन्द गर्ने - Himal Post Himal Post
  • १५ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 27 2025
Logo

यातायात समिति गाडी बन्द गर्ने, सरकार रुट परमिट बन्द गर्ने



मयुर यातायातलाई रुट इजाजत दिएको भन्दै कोटेश्वर पुर्व यातायात समन्वय समितिले बुधवारदेखि अनिश्चीत कालिन सवारी नचलाउने चेतावनी दिएको छ ।

यातायात व्यवस्था विभागले यात्रुको चाप अध्ययन नगरी रुट परमिट दिएकोले यो तुरुन्त खारेज गर्नुपर्ने कोटेश्वर पुर्व यातायात समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासुले बताए ।

गाडी थप्नुभन्दा पहिले आफुहरुसँग समन्वय नगरेको र राम्रा बाटोमा मात्र गाडी संचालन गरेको उनको आरोप छ ।
यातायात व्यवस्था विभागले पैसा खाएर जथाभावी रुट परमिट दिएको त्वानाबासुले आरोप समेत लगाए ।
मयुर यातायात अव यहाँ मात्र नभई नेपाल भर संचालन गर्ने श्रेष्ठले जानकारी दिए ।

सरकार भन्छः रुट परमिट खारेज गर्छौ

सरकारले कोटेश्वर पूर्वका व्यवसायीले सार्वजनिक यातायात नचलाए रुट परमिट खारेज गर्ने चेतावनी दिएको छ ।

मयुर यातायात संचालनमा आएको विरोधमा कोटेश्वर पूर्वका व्यवसायीले सवारी साधन ठप्प पार्ने जनाएपछि सरकारले रुट परमिट खारेज गर्ने भएको हो । साथै गृहमन्त्री रामबहादुर थापाले व्यवसायीले अटेरी गरे रुट परमिट खारेज गर्ने चेतावनी दिएका छन् ।

गृहमन्त्री थापाले देशभित्र देखिएका सबै किसिमका सिन्डिकेटहरुको अन्त्य गर्ने दाबी गरे ।

सोमवार गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री थापाले देशभित्र हुने गरेका सिन्डिकेटहरु जनता र नागरिक समाजसँग मिलेर तोड्ने बताए । गृहमन्त्री थापाले भने, ‘अधिल्ला सरकारले पनि सिन्डिकेट तोड्ने त कसिने गरेकै हुन् ।

अहिलेको गृहको योजना पनि त्यही हो तर गृहमन्त्रालयको फुर्ती र काम हेर्नु होला ।’ मन्त्री थापाले जनतासँग मिलेर लागे सिन्डिकेट तोड्न सकिने बताए ।

केही दिनदेखि अरनिको राजमार्गमा यातायात व्यवसायीको सिन्डिकेट चर्चामा रहेको छ । गृहमन्त्री थापाले भने ‘अब व्यवसायीले सिन्डिकेट गर्ने होइन । सिन्डिकेट गरे सरकारले तोडछ ।’

गृहमन्त्री थापाले सिन्डिकेट तोड्नु भनेको भ्रष्ट, तस्कर र माफियाको जालो तोड्नु भएको बताए ।

नेपाल यातायात राष्ट्रिय महासंघको आव्हानमा १३ बस व्यवसायी आवद्ध रहेको कोटेश्वर पूर्व यातायात समन्वय समितिले आज विहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा सार्वजनिक यातायात ठप्प पारेका थिए । उनीहरुले चैत २१ गतेदेखि अनिश्चितकालिन सवारी साधन नचलाउने घोषणा समेत गरेका छन् ।

उनले आइतबारबाट सिन्डिकेट पूर्ण रुपमा खारेज भएको बताउँदै भने, ‘यदि कसैले सिन्डिकेट कायम राख्न खोजे त्यसको रुट इजाजत खारेज गरि सुरक्षाकर्मीको सहयोगमा ती व्यवसायीको गाडी समेत नियन्त्रण लिन्छौ ।’

मयुर यातायातका २४ वटा बसहरु अहिले चक्रपथ परिक्रमा गरेर बनेपासम्म पुग्ने गरेका छन् । निकट भविष्यमा सय वटा बस थपेर ग्रामीण भेगसम्म पुर्याउने योजनामा यो कम्पनी छ ।