एकता मञ्चको रजौरी गार्डन महिला समिति गठन - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

एकता मञ्चको रजौरी गार्डन महिला समिति गठन



नयाँ दिल्ली 

माओवादी केन्द्र निकट सङ्गठन अखिल भारत नेपाली एकता मञ्च पश्चिम  दिल्ली नगर समिति अन्तर्गत रजौरी गार्डन महिला समिति आइतबार  गठन भएको छ ।  जसमा सुनिता थापा अध्यक्ष , उपाध्यक्ष रामी पंगेनी ,उपाध्यक्ष पुनिसरा सारूँ ,सचिव ऋतु दरलामी लगायतको ११ सदस्यीय समिति गठन भएको  छ ।

अखिल भारत नेपाली एकता मञ्चका क्षेत्रीय समितिका कोषाध्यक्ष सूर्य राना र जिल्ला सदस्य बीरू सारूको विशेष पहल ,अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय अध्यक्ष  ईश्वरी भण्डारीको प्रमुख आतिथ्यता  र एकता मञ्चका केन्द्रीय सचिव आरबी खड़काको विशेष उपस्थितिमा रजौरी महिला समिति गठन भएको हो ।

उक्त कार्य्रकममा प्रमुख वक्ता ईश्वरी भण्डारीले आधा आकाश ढाक्ने नेपाली महिलाहरूलाई राज्यको मूल प्रवाहमा ल्याउन कम्तीमा ५०% को प्रतिनिधित्व सुनिश्चितताको व्यवस्था गर्नुको साथै न्यायिक क्षेत्रमा पनि महिलाको सहभागिताको सुनिश्चितताको व्यवस्था संविधानमा उल्लेख गरेको भए सहभागिताको मर्म र अर्थ वास्तविक अर्थमा पूर्ति भै  विकास र समुन्नत राष्ट्र निर्माणमा महिला पुरुष काँधमा काँध मिलाई अघि बढ्ने सुन्दर वातावरण निर्माण हुने बताएका थिए  ।

विशेष अथितिहरुले मन्तव्यको क्रममा नेपाली महिलाहरूलाई नागरिकतामा समान वंशीय  अधिकार राज्यले प्रदान नगरेको हुँदा आफ्नै मुलुकमा नेपाली महिला दोस्रो दर्जाको नागरिकको रूपमा बाच्नु पर्ने बाध्यतात्मक परिस्थितिको छिटो भन्दा छिटो राज्यले हल गर्नु गर्नु पर्ने बताए  । महिला समितिको कार्य्रकममा  अध्यक्षता सुनिता थापा र   पुनिसरा सारूको  सञ्चालनमा सम्पन्न भएको हो ।