प्रचण्डको खुलासाः कर्मचारीदेखि सुरक्षा निकायसम्म झट्का लाग्ने कदम चाल्दै सरकार - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

प्रचण्डको खुलासाः कर्मचारीदेखि सुरक्षा निकायसम्म झट्का लाग्ने कदम चाल्दै सरकार



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्यका निकायहरूको रूपान्तरण गर्न विभिन्न निकायमा कठोर कदम चाल्ने संकेत दिएका छन् ।

संविधानको मर्म र भावनाअनुसार राज्यका सबै निकाय परिवर्तन हुनुपर्ने भन्दै अध्यक्ष प्रचण्डले अदालत, कर्मचारीतन्त्र, सुरक्षा निकायलगायत राज्यका सबै अंग रूपान्तरण गर्न जस्तो सुकै कदम चाल्न सक्ने बताएका हुन् । राज्यका निकायमा पुरानै सोच, ऐन, नियम चलेको भन्दै उनले त्यसलाइृ बदल्न आफुहरु लागेको बताए । संविधानको मर्म र भावनाअनुसार रूपान्तरण हुन नसक्नेहरुलाई राज्यले बिदा गर्नुपर्ने उनको भनाई छ ।

‘राणाका पालादेखि, राजामहाराजा र पञ्चायतकालका ऐन, नियम अहिले पनि छन्, एकथरी मान्छेको सोचाइ त्यस्तै छ, त्यसलाई बदल्नैपर्छ’ उनले खबरडबलीसँग भने, ‘हामी बदल्छौं, बदलिन नचाहनेलाई राज्यले बिदा गर्नुपर्छ ।’

संबिधानको पूर्ण कार्यान्वयनका लागि वाम गठबन्धनको सरकार प्रयत्नसिल रहेको भन्दै प्रचण्डले नेपाली जनताको समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने बताए ।