धुर्मुस सुन्तलीलाई चाहिने जति जग्गा दिने सैनामैना नगरपालिकाका मेयरको घोषणा - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

धुर्मुस सुन्तलीलाई चाहिने जति जग्गा दिने सैनामैना नगरपालिकाका मेयरको घोषणा



सैनामैना : धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ( धुर्मुस ) ले नेपाली क्रिकेटले पाएको सफलता र एक दिवासीय मान्यता प्रति सम्पूर्ण खेलाडीहरूलाई उक्त सफलताको लागि हृदय देखि नै बधाई दिँदै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रगंशाला बनाउने उद्घोष गरेका छन् ।

सरकार सहयोग र सम्पूर्ण नेपालीको साथले नै रङ्गशालाको निर्माण गर्ने उनले बताए । धुर्मुस सुन्ताली फाउण्डेशनले निर्माण गर्ने भनेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रगंशाला बनाउनको लागि सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले धुर्मुस सुन्तली फाउण्डेशनलाइ रङ्गशाला सैनामैना नगरपालिकाका भित्र निर्माण गर्ने भए अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण गर्दा चाँहिने जति सम्पूर्ण जग्गा नगरपालिकाबाट नै उपलब्ध गराउने बताएका छन् ।

स्थानीय किस एफ.एम ८९.३ मेगाहर्जका प्रबन्ध निर्देशक कृष्ण भण्डारीसँगको खेल विशेष कार्यक्रममा बोल्दै गर्दा मेयर कार्कीले उक्त उद्घोष गर्नुभएको हो ।

बुद्धको पवित्र जन्मभुमी लुम्बिनी र निर्माणधिन रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थल देखि करिब बिस (२०) किलोमिटर उत्तरमा रहेको सैनामैना नगरपालिका आफैमा एउटा शैक्षिक, पर्यटाकीय, पौराणीक, ऐतिहासिक सम्पदाले , हाराभरा र क्रिकेट खेल प्रतिको बढ्दो क्रेज का करण आउँदा दिनमा अन्तर्राष्ट्रिय स्तरका खेलहरू हुँदा पनि बुद्धको पावन नगरी र्ओलिएर करिब २५ मिनेटको यात्रा पछि सजिलैसँग खेल मैदानमा पुगिने हुँदा र नेपालको जुनसुकै ठाउँबाट पनि लगभग बिच भागमा पर्ने भएकाले सैनामैना नगरपालिकामा नै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्न उपयुक्त हुने कुरा सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले बताउनु भयो ।