नेपाली जनसम्पर्क समिति मकाउको तेस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा गुरुङ - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

नेपाली जनसम्पर्क समिति मकाउको तेस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा गुरुङ



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

नेपाली जनसम्पर्क समिति मकाउको तेस्रो अधिवेशन भेनिसियन होटेल स्थित क्याफे डेको हलमा  सनिवारको  दिन भव्यताको साथ सम्पन्न भएको छ।

सर्वसम्मत चयन भएको कार्य समितिमा लेख बहादुर गुरुङ सभापति बनेका छन् भने उप सभापतिहरूमा चण्डी प्रसाद योङ्ग्या,काली बहादुर परियार र निर्मला थापा मगर,महामन्त्रीमा कर्ण बहादुर अधिकारी र महेश कुमार राना,सह महामन्त्रीमा गणेश गुरुङ,निर्मल उप्रेती र शेखर बुढाथोकी,सचिवमा रमेश अधिकारी,सहसचिवमा सूर्य बहादुर रोका क्षेत्री,कोषाध्यक्षमा दीपक गुरुङ,सहकोषाध्यक्षमा चन्द्र बहादुर पुलामी,प्रवक्तामा पदम बहादुर बुढाथोकी चयन भएका छन्।

सदस्यहरूमा ईश्वर कुमार गुरुङ,भुमिलाल शर्मा,गणेश बराल,जनक उप्रेती,डम्बर योङ्हाङ,सन्तोष गिरी,नवराज पराजुली,लक्ष्मण ढकाल,राम प्रसाद शर्मा,निशान घर्ति क्षेत्री र सुरेन्द्र भट्टराई चयन हुनु भएको छ त्यसै गरी सल्लाहकारहरूमा सुदर्शन थापा मगर,अम्बिर जोशी,सुन्दर श्याम भण्डारी,हेम तामाङ,राम कार्की र सन्देश गुरुङ चयन गरिएको छ।

कार्यक्रममा गगन थापालाई प्रमुख अतिथि बनाउने भनेर प्रचार प्रसार गरिए पनि गगन थापाको कार्य व्यस्तताको कारण उपस्थिति जनाउन नसक्ने भए पश्चात् कार्यक्रममा प्रमुख अतिथि नेपाली जनसम्पर्क समिति हंगकंगका सभापति एवं केन्द्रीय प्रतिनिधि जगत् शाहलाई बनाइएको थियो,विशेष अतिथि मकाउ टप बिल्डर्स कम्पनीका डाईरेक्टर फरेस ताङ्, अतिथिहरू नेपाली जनसम्पर्क समिति हंगकंगका उपसभापति एवं महाधिवेशन प्रतिनिधि मीन बहादुर गुरुङ,नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशी,गैर आवासीय नेपाली सङ्घ मकाउका उपाध्यक्ष राज कुमार गुरुङ,हिन्सका सल्लाकार एवं एनसीसी हंगकंगका एक्ज्युकेटिभ मेम्बर डा.श्रद्धा खड्काको उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवातमा  असामयिक निधन हुनु भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृह मन्त्री स्वर्गीय खुम बहादुर खड्कालाई स्मरण गर्दै १ मिनेट मौन धारण गरिएको थियो।कार्यक्रममा प्रमुख अतिथि,विशेष अतिथि र अतिथिहरूले नयाँ कार्य समितिलाई शुभकामना दिनुका साथै काँग्रेसको समसामयिक अवस्थाका बारेमा चर्चा गरेका थिए।कार्यक्रममा मकाउमा कार्यरत रहेका सुनिल चेपाङ प्रजालाई खादा ओढाएर सम्मान गरिनुका साथै नयाँ कार्य समितिका पदाधिकारीहरूलाई केन्द्रीय प्रतिनिधि जगत् शाहले शपथ खुवाउनु भएको थियो।कार्यक्रमको सभापतित्व सुदर्शन थापा मगर र कार्यक्रम सञ्चालन महामन्त्री कर्ण बहादुर अधिकारीले गरेका थिए।