जथाभावी समाचार प्रकाशन गर्ने अनलाइन माध्यमहरूलाई पत्रकार महासङ्घ कोरिया शाखाको खबरदारी - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

जथाभावी समाचार प्रकाशन गर्ने अनलाइन माध्यमहरूलाई पत्रकार महासङ्घ कोरिया शाखाको खबरदारी



केशव पोखरेल /दक्षिण कोरिया

के तपाईँ सस्तो लोकप्रियताको लागि अनलाइन माध्यमहरूमा पुराना समाचाहरुमा नयाँ मिति राखेर,हुँदै नभएको कुराहरूलाई हो भन्ने पारेर, अरूका लेखरचाहरुलाई स्रोत नखुलाई पोस्ट गरिराख्नुभएको त छैन? यदि यस्तो कार्य गर्दै आऊनुभएको छ भने होसियार नत्र कानुनी कार्बाहिमा पर्नुहोला ।

यस्ता कार्य गर्नेको पर्दाफाँस गरी कानुनी दायरामा ल्याउनको निम्ति उजुरी दिने तयारीमा पत्रकार महासङ्घ दक्षिण कोरिया शाखा लागिपरेको छ ।

केही समयदेखि अनलाइन माध्यमहरूमा विगत २/३ वर्ष पुराना समाचारहरूलाई नयाँ मिति राखेर प्रकाशन गर्ने, अन्य अनलाइन माध्यममा प्रकाशित भईसकेका समाचार, लेख रचनाहरूलाई स्रोत नखुलाई आफ्नो अनलाइनमा प्रकाशित गर्नेहरूलाई कार्बाहिको दायरामा ल्याउन आफूहरू लागिपरेको पत्रकार महासङ्घ कोरिया शाखाका सह सचिव किशन गौतमले जानकारी दिए ।

पटक पटक सचेत गराउँदा समेत यस्ता कार्य नरोकिएको भन्दै त्यस्ता व्यक्ति र अनलाइनहरूको बिरुद्वमा उजुरी दिनेपनि सहसचिब गौतमले बताए। उनले भने “यस्ता आवाफ फैलाउने खालका समाचारहरू प्रकाशन र विभिन्न ग्रुरुमा पोस्ट गर्नेहरुको प्रमाण म सँग सुरक्षित रहेको छ, यस्ता गतिविधिहरू नरोकिए कार्बाहिको लागि उजुरी दिन बाध्य हुने छु । ”

त्यसै गरी कोरियामा विभिन्न सङ्घ संस्थाहरूमा बसी नेपालीहरूलाई ठग्ने अवैधानिक कार्यहरू गर्ने फेक आईडि बनाएर नयाँ मिति राखेर पुराना समाचार राखेर भ्रमित पार्ने कार्य निरन्तर चलिरहे यिनका बिरुद्वमा ऊत्रिने नेपाल पत्रकार महासङ्घ कोरिया शाखाका उपाध्यक्ष विकास श्रेष्ठलेले बताए । त्यसै गरी नेपालीहरूले नै नेपालीलाई ठगि रहेको समाचार आइरहेको सन्दर्भमा आफूलाई कसैले ठगेको भए प्रमाण सहित पत्रकार महासङ्घ कोरिया शाखामा सम्पर्क गर्न समेत उपाध्यक्ष श्रेष्ठले अनुरोध गरे ।

महासङ्घका अध्यक्ष खेम कार्कीले कोरियामा नेपाली समाजमा भइरहेका विकृतिजन्य क्रियाकलापप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण रहेको र विकृति रोक्न महासङ्घ तदारुकताका साथ लाग्ने बताए ।