राष्ट्रपतिले मदन भण्डारीलाई सम्झिन तर हत्यारा खोज्न बिर्सीइन ! - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

राष्ट्रपतिले मदन भण्डारीलाई सम्झिन तर हत्यारा खोज्न बिर्सीइन !



मोरङ । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताएकी छन् ।

उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को शुक्रवार अपराह्न उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संग्रहालय उद्घाटन गर्दा विगतका घटना सम्झेर दुःख लागे पनि संग्रहालय निर्माण हुनु सुखद भएको बताउँदै संग्रहालयको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले राज्यस्तरबाटै यसको संरक्षण र प्रवद्र्धनको अपेक्षा आफूले गरेको स्पष्ट गरिन् ।  संग्रहालयले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्‍याउने बताउँदै राष्ट्रपति भण्डारीले संग्रहालय वरिपरिको वातावरण पनि दर्शकमैत्री बनाउन आवश्यक रहेकामा जोड दिइन् ।

“मदन भण्डारी संग्रहालय विद्वानका लागि एउटा स्रोतस्थल र सर्वसाधारणका लागि खुला पाठशाला हुनेछ”, राष्ट्रपति भण्डारीले भनिन् , “यसको संरक्षण र सम्वद्र्धन गर्दै यसलाई सिंगो समाजको सामाजिक सम्पत्तिका रुपमा विकास गरिनुपर्छ । संग्रहालयमा संरक्षित वस्तुहरु मासिन र बिग्रन नदिन आवश्यक प्रबन्ध मिलाउनुपर्छ, यसका लागि रेखदेख र सञ्चालनमा संलग्न जनशक्तिलाई यथोचित तालीम दिनुपर्छ ।”

तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीबारे युवा पुस्तालाई जानकारी दिने उद्देश्यले पुरातत्व विभागको आर्थिक सहयोगमा प्रतिष्ठानले संग्रहालय निर्माण गरेको हो । संग्रहालयमा जननेता भण्डारी जन्मेदेखि दासढुंगा दुर्घटनासम्मका सामग्री राखिएको छ । तीन करोडको लागतमा निर्मित संग्रहालय यही चैत १८ गतेदेखि सर्वसाधारणका लागि खुला गरिनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी मदनकी जीवनसंगीनी र राजनीतिक सहयात्री  हुन् भने मुलुकको सवै भन्दा शक्तिशाली व्यक्ति उनै मदनका राजनीतिक सहकर्मी केपी शर्मा ओली हुन्। प्रधानमन्त्री ओली मदनको हत्याको छानवीन गर्न त्यतिवेला गठित आयोगका अध्यक्ष समेत हुन्। ओलीले कुनै बेला भनेका थिए– म सरकारमा गएभने भण्डारीका हत्यारा अवश्य पत्ता लगाउँछु।

मदनको हत्याले सवै भन्दा बढी असर कसैलाई परेको थियो भने  राष्ट्रपति विद्यादेवीलाई परेको थियो। मदनका हत्यारा पत्ता लगाएर कारवाही गराउन उनको मनले नखोजेको त पक्कै होईन। मदन भण्डारी नेपाली राजनीतिका एक अद्भुत जननेता हुन्। पार्टीगत रुपमा एमालेका महासचिव भएपनि उनी मुलुककै आशालाग्दा नेताका रुपमा उदाएका थिए।  प्रखर वक्ता मदन भण्डारीको प्रसंशा नगर्ने सायद कोही थिएन। काँग्रेसका जननायक विपी कोईराला र एमालेका जननेता मदन भण्डारी नेपालमा सवैले पुज्ने नेताहरु हुन ।

वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुङगामा जिप दुर्घटनामा परी उनको निधन भएको थियो। तर त्यो दुर्घटनालाई भने रहस्यमय र मदन भण्डारीको हत्या योजना अनुरुप भएको मानिएको छ। दुर्घटनामा मदनसंगै रहेका एमालेका संगठन विभाग प्रमुख जिवराज आश्रितको पनि निधन भएको थियो। तर जिपका चालक अमर लामा भने दुर्घटनामा परेर पनि जिवितै फर्किन सफल भए। उनको पनि २०६० सालमा रहस्यमय हत्या भयो। ति तिनै जनाको हत्याको रहस्य अझै सम्म पनि पत्ता लागेको छैन।

भण्डारीको हत्यामा चालक अमर लामाको संलग्नता रहेको तथ्य सार्वजनिक भयो। अमर लामा जेल परे जेलबाट छुटेपछि पनि घटनाका एकमात्र जीवित साक्षी लामाले यसबारेमा रहस्य खोलेनन्। पछि लामाको पनि हत्या भयो। उनको हत्या माओवादी लडाकुहरुले गरेको सार्वजनिक भयो। तर किन लामाको हत्या भयो भन्ने कुरा खुलेन। न त एमालेले नै माओवादीसँग यसबारेमा सोधीखोजी गर्यो, न कसैले यसमा चासो नै दियो। हाम्राकुराको सहयोग