खुमबहादुर खड्काको निधन
नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको आज स्वगारोहण भएको छ । प्रजातन्त्रका लागि सेनानीका रुपमा काम गर्नु भएका नेता खड्काको शुक्रबार बेलुकी ४ बजे निधन भएको हो । उहाँ ८३ बर्षको हुनुहुन्थ्यो ।
बिद्यार्थीकालदेखि निरन्तर प्रजातन्त्रका लागि लड्दै आउनु भएका खड्का झण्डै आठ बर्ष जेल जिवन विताउनु भएको थियो । बिरामी अवस्थामा समेत कांग्रेसको सक्रिय राजनिती गर्दै आउनु भएका पछिल्लो समय मृर्गौला पिडित हुनुहुनिथयो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आइसीयुमा राखेर उपचार सुरु भएको थियो । उहाको गत ६ फागुनमा थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा लगिएको थियो ।
खड्कालाई मिर्गौला र छातीमा समस्या देखिएपछि आइसीयुमा राखिएको थियो । ‘छाती र मृर्गौलामा देखिएको समस्या बढेपछि आइसीयुमा राखेर उपचार सुरु गरिएको थियो ।
४ फागुनमा बाथरुममा लडेर छाती र मिर्गौलामा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा समस्या कम नभएपछि एपोलोमा लगिएको थियो ।