दुवै पार्टीबिच गणीतीय वा प्रतिशतको हिसाबले एकता हुदैन :पौडेल - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

दुवै पार्टीबिच गणीतीय वा प्रतिशतको हिसाबले एकता हुदैन :पौडेल



काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले गणितीय हिसाबले पार्टी एकता नहुने बताएका छन् । दुईवटा अलग अलग पृष्ठभूमि भएका पार्टीको आ–आफ्नै योगदान रहेको उल्लेख गर्दै नेता पौडेलले गणीतीय वा प्रतिशतको हिसाबले एकता नहुने बताएका हुन् ।

एमाले ठूलो र माओावदी सानो पार्टी भएकाले त्यही अनुसार एकता हुने भन्ने कुरा गलत रहेको उनले बताए । नेता पौडेलले कहिले कुन पार्टी र कहिले कुन पार्टी ठूलो–सानो भइरहने बताए ।

‘गणितीय रुपमा कुनै समय माओवादी ठूलो भयो, कुनै समय एमाले’ नेता पौडेलले भने, ‘दुईवटा अलग अलग पृष्ठभूमि भएका पार्टीको आ–आफ्नै योगदान छ, दुवै पार्टीबिच गणीतीय वा प्रतिशतको हिसाबले एकता गर्न खोजिएको होइन ।’

नेपालमा जनताको नेतृत्व गर्न लायक समाजवादी राज्य प्रणाली स्थापित गर्नका लागि कम्युनिष्ट एकता हुन लागेको भन्दै नेता पौडेलले एमाले र माओवादीबिचको पार्टी एकता भएरै छाड्ने पौडेलले दाबी गरे ।