राष्ट्रपति र उपराष्ट्रपतिको केटाकेटी खेल
परम्परा भत्काइएको टिप्पणी
काठमाडौं – संसदीय अभ्यास र परम्पराविपपरीत उपराष्ट्रपतिलाई राष्ट्रपतिसँगै बिहीबार संसदमा आसन गराइएपछि विवाद सुरु भएको छ ।
विगतमा राष्ट्रपतिले संसदलाई सम्बोधन गर्दा उपराष्ट्रपतिलाई संसदको बाल्कोनीमा विशिष्ट कुर्सीमा आसन गराइन्थ्यो ।
बिहीबार संघीय संसदका दुबै सदनको संयुक्र बैठकमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई भने राष्ट्रपति भण्डारीसँगै कुर्सी राखेर आसन ग्रहण गराइएको थियो ।
संसदीय अभ्यास र परम्पराविपरीत उपराष्ट्रपतिलाई आसन गराइएको भन्दै संसदका जानकारहरुले आश्चर्य व्यक्त गरेका छन् । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।
एक नेताले भने,
-संसदको अभ्यास र परम्परा कानुन सरह हुन्छ ।
-एकाएक परम्परा किन भत्काइयो छक्क परेका छौं ।