प्रचण्डले दिए ओली सरकारबाट बाहिरिने चेतावनी !
काठमाडौ । नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले ५०/५० काे हाराहारीमा मात्र पार्टी एकता सम्भव हुने सार्बजनिक गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै उनले बराबरी हैसियतमा नभए एकता असम्भब रहेको दावी गरे ।
अध्यक्ष प्रचण्डले एकताका विषयमा एमालेले ६०/४० काे दादागिरी देखाएकाे खण्डमा ओली सरकारबाट बाहिरेने चुनाैती दिएका छन् । एमाले र माओवादी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको विधान मस्यौदा तयार भएको जनाएकाे छ ।
मस्यौदामा दुई अध्यक्षले आलोपालो प्रणालीबाट एकीकृत पार्टी चलाउने बताइएको छ । नयाँ बन्ने पार्टीकाे ३३ सदस्यीय स्थायी समिति, ९९ सदस्यीय पोलिटब्युरो र करिब ८ सय सदस्यीय राष्ट्रिय परिषद् सदस्य हुनेछन भनी मस्यौदामा भनिएको छ ।
विधान मस्यौदाको प्रस्तावनामा ‘जनआन्दोलन र जनक्रान्ति’ शब्द उल्लेख गरिए पनि ‘जनयुद्ध’ शब्द के गर्ने भन्ने बारेमा ठूलो विवाद देखिएको छ । माओवदीका लागि जनयुद्ध शब्द घाँटीको घन्टी हो भने एमालेका लागि घाँडो बनेको छ ।
‘जनक्रान्ति’ लेखिसकेपछि ‘जनयुद्ध’को अर्थ नरहने एमालेको अडान छ भने माओवादीले ‘जनयुद्ध’ शब्द नभई नहुने अडान कायमै राखेकाे छ । अर्को विवाद सूर्य कि सूर्यभित्र हँसिया–हथौडा भन्नेमा देखिएको छ ।
माओवादी नेताहरूले सूर्यभित्र हँसिया–हथौडा राखेर चुनाव चिह्न बनाउनुपर्ने अडान लिएका छन् भने एमाले नेताहरुले सूर्य चिह्न २०४८ देखि नै जनस्तरमा गएकाले यहि नै हुनुपर्ने जिकिर गरेका छन् ।